Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

आगामी योजनाको वारेमा छलफल

स्थानीय तहका जनप्रतिनिधिहरुको योजनाले त्यस वडा तथा क्षेत्रको मुहार फेर्ने हो । जनप्रतिनिधिले वडालाइ कस्तो बनाउने र कस्ता खालका योजनाहरु समावेस गर्ने भन्ने मुख्य बिसय रहन्छ ।
कपिलवस्तु शिवराज नगरपालिका १ शिवपुरलाई नगरकै शानको रुपमा बिकास गर्ने तयारी गरिएको छ । नगरले प्रदान गर्ने बजेट कम भएपनि वडालाइ कसरी उत्कृष्ट गराउन सकिन्छ भन्नेमा वडाका जनप्रतिनिधि लागेका छन । आगामी आर्थिक वर्षको योजनाको लागि वडा अध्यक्ष जगत बहादुर जिसिले राजनीतिक दलहरु सग सुझाव लिनु भएको छ । गत वर्षका योजनाहरु ९८% सम्पन्न भएको भन्दै उक्त योजनाहरुको बारेमा जानकारी दिनुभयो ।
शुक्रबार आयोजित उक्त कार्यक्रममा आगामी बर्षको लागि उज्यालो गाउँ अभियान , वडामै प्रहरी बिट, सार्वजनिक सौचालय निर्माण, उमरीलाई सौन्दर्यकरण लगायतका योजना हरु वडा अध्यक्षले अघि सार्नुभयो । अध्यक्षले अघि सारेका योजनामा राजनीतिक दलहरुले पुर्ण समर्थन रहेन जनाए ।नेकपा एमालेका बिक्रम केसिले वडाले अघि सारेका योजनाहरु लाई कार्यन्वायन हुनुपर्ने जनाए ।
नेपाली काग्रेसका नारायण ज्ञवालीले कृषि ,शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिनु पर्ने सुझाव दिए। माओवादी केन्द्रका वालकराम बुढाले भौतिक बिकास सगै सामाजिक विकास गर्नुपर्नेमा जोड दिए ।
शिवपुर स्वास्थ्य चौकिका प्रमुख लेखनाथ पौडेलले स्वास्थ्य क्षेत्र प्राथमिकता दिदै योजना निर्माण गर्नुपर्ने वताए । स्वास्थ्य क्षेत्रमा वडाले धेरै समेटेको भन्दै पहिलो प्राथमिकता नागरिकको स्वास्थ्यमा हुनुपर्ने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma