Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवगढीका विद्यालयलाई स्वास्थ्य सामाग्री प्रदान


दिपक के.सी.
कपिलवस्तु असार, ५


कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ ले वडा भित्र रहेका विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोना महामारी विचमा बैकल्पिक शैक्षिक माध्यमबाट सुरु भएको शैक्षिक सत्र संगै शैक्षिक क्रियाकलापक सहज रुपमा संचालन गर्न स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।


वडाले १ लाख बराबरको स्वास्थ्य सामाग्री विद्यालयलाई प्रदान गरेको वडा नं. ९ का अध्यक्ष चुरबहादुर खड्काले बताउनु भयो । कोरोना महामारी विच वडामा रहेका विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा सहजता ल्याउन स्वास्थ्य सामाग्री वितरण गरिएको वडा अध्यक्ष खड्काले बताउनु भयो । लामो समय सम्म पठनपाठन ठप्प रहेको विद्यालयहरुमा नयाँ शैक्षिक सत्र सुरु भए संगै शैक्षिक क्रियाकलाप बढ्ने हुदाँ शिक्षक र विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यान दिदै विद्यालयलाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको उहाँले बताउनु भयो ।


वडाका सामुदायिक बाल विकास केन्द्र र विद्यालयहरुलाई माक्स,सेनेटाइजर,ग्लोब्स,साबुन वितरण गरिएको वडा सचिव प्रेम सागर वलीले बताउनु भयो । वडाले माक्स ८ हजार ६०० पिस,सेनिटाईजर १सय लिटर,हात धुने साबुन ५ सय पिस वितरण गरिएको सचिव वलिले जानकारी दिनुभयो । मा.बि.तहका विद्यालयहरुलाई माक्स २००० पिस,सेनिटाईजर २० लिटर ,साबुन १०० पिस, आधारभुत तह कक्षा ८ सम्म सन्चालित विद्ययालयलाई माक्स १२०० पिस,सेनिटाइजर १५ लिटर र साबुन ८० पिस, आधारभुत तह कक्षा ५ सम्म सन्चालित विद्यालयलाई माक्स ८०० पिस,सेनिटाइजर १० लिटर, साबुन ५० पिस तथा सामुदायिक बाल बिकास केन्द्र लाई माक्स ३०० पिस, सेनिटाइजर ५ लिटर र साबुन २० पिस वितरण गरेको छ । यस्तै वडाले स्वास्थ्य चौकिलाई ग्लोब्स ७ बक्स बितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma