Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या घटदै, १ सय ५९ जना सकृय संक्रमित

कपिलवस्तु –कपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार दिउसो सम्म जिल्लामा सकृय सक्रमितको संख्या १ सय ५९ पुगेको हो । कोरोनाको दोश्रो लहर गत बैशाख १७ गते सूरु भए यता जिल्लामा संक्रमितको संख्या निरन्तर बढीरहेको थियो ।

तीन साता यता भने संक्रमित र मृत्युको संख्या घटेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन उमेश घिमिरेले बताए । सकृय संक्रमित मध्ये अधिकांस होम आईसोलेशनमा छन । शनिवार कपिलवस्तुको शिवराजनगरपालिका– ६ की ३६ बर्षिया एक महिलाका मृत्यु भएको छ । यससंगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९१ पुगेको छ । अधिकांसको मृत्यु अस्पताल मै भएको थियो । स्वास्थय कार्यालयका प्रमुख हेमराज पाण्डेयले जिल्लामा कोरोना संक्रमित र मृतकको संख्या घटदै गएको बताउनु भयो ।

‘ कोरोना संक्रमितको संख्या अहिले धेरै घटेको छ ’ उहाँले भन्नु भयो ‘ तर यसले समुदायका कोरोना संक्रमित नै नरहेको भन्न मिल्दैन ’ । जिल्लामा पिसिआ र एन्टीजेन परिक्षण पनि स्स्ताएको छ ।

पिसिआर परिक्षण कपिलवस्तु अस्पताल मै गर्न मिल्छ भने एनटीजेट किट स्वास्थय कार्यालमया प्रर्याप्छ छ । तर जन स्तरबाटै परिक्षण गराउन अनिच्छा देखाइएको प्रमुख पाण्डेयले बताउनु भयो । पालिकाहरुले नै परिक्षण दायरा बढाउन घर दैलोमा गई परिक्षणको गर्नु पर्ने उहाँले बताउनु भयो । उता कोरोना कारण ढेड महिना देखि जारी लकडाउन कोरोना संक्रमितको संख्या निरन्तर घटीरहेकोले अब लकडाउन थप खुकुलो हुने संकेत देखिएको छ । जिल्लामा गत बैशाख २१ देखि लकडाउन जारी छ । लकडाउन असार ७ सम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma