Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

मास्क नलगाई हिडने १९ जनालाई कारबाही

कपिलवस्तु-कोरोनाका बेला जारी निषेधाज्ञामा समेत मास्क नलगाई बजार हिडडुल गर्ने १९ जनालाई प्रहरीले कारबाही गरेको छ । तौलिहवा बजारमा मास्क प्रयोग नगर्ने तथा अन्य मापदण्ड पालना नगर्ने लाई नियन्त्रणमा लिई संक्रमण रोग ऐन र कोभिड –१९ सम्बन्धी अध्यादेश बमोजिम कारवाही गरिएको हो । उनीहरुलाई प्रति ब्यक्ति २ सयाका दरले जरिवना तिराइएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनु भयो । एक पटककालागि जरिवाना तिराइ छाडिएको उहाँले बताउनु भयो ।

प्रहरी , सामुदायिक प्रहरी, नागरिक समाजको संयुक्त आयोजनामा तौलिहवा बजारमा गरिएको सचेतना कार्यक्रमकै बिच उनीहरुलाई प्रहरीले कारबाही गरेको थियो । कपिलवसतु नगरपालिकाकी उप प्रमुख लक्ष्मी गुप्ता साउ र प्रहरी उपरिक्षक अधिकारीको अगुवाईमा निकालिएको र्यालीले तौलिहवाको गौढी चोक हुदै तौलिहवा बजारको परिक्रमा गरेको थियो । सोक्रममा ४ सय जनालाइ मास्क समेत बितरण गरिएको सामुदायिक प्रहरीका अध्यक्ष देबी प्रसाद बर्मालेबताउनु भयो ।

सचेतनामुलक कार्यक्रममै बजारमा हिडडुल गर्ने ब्यक्तिहरुले मास्क लगाए नलागएको अनुगमन समेत गरिएको थियो । प्रहरी उपरिक्षक अधिकारीले सबैमा अनिवार्य मास्क लागएर मात्र हिडन आग्रह गर्नु भयो ।

सोक्रममा उप मेयर गुप्ताले तीब्ररुमपा फैलिएको कोरोना माहामारीको रोकथाम र नियन्त्रणकालागि सबैले अनिवार्यरुमपा मास्कको प्रयो गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले मास्कको सही प्रयोगले धरै हद सम्म कोरोनाबाट बच्न सकिने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma