Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

छिमेकीहरूसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको प्रधानमन्त्री ओलीको भनाइ


काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीहरूसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताएका छन् । आज परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री ओलीले एउटाका विरुद्ध अर्काको कार्ड खेल्ने काम नेपालले नगर्ने बताउनुभयो । नेपालले राष्ट्रिय हितको बिषयका प्राथमिकताहरुलाई केन्द्रमा राखेर व्यवहार गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । राष्ट्रिय हितहरुको रक्षा र सम्बद्र्धन न्यायपूर्ण र अन्तर्राष्ट्रिय उत्तर दायित्वसहित हुनुपर्दछ भन्नेमा आफु रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

जुध्ने भन्दा पनि मित्रताको नीति बनाएर अघि बढ्दा कायरता र लघुतावासको प्रतिनिधित्व नगर्ने भन्दै उहाँले त्यसले न्याय, शान्ति, र पारस्परिक लाभ र सम्मान प्राप्त गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले सार्वभौम समानता भनेर आफ्नो दृष्टिकोण अघि सारेको जानकारी गराउँदै त्यसभित्र थुप्रै कुराहरु अटाएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma