Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराज वडा नं.४ द्धारा किसानलाई कृषि सामाग्री वितरण


दिपक के.सी.
कपिलवस्तु, असार १५


कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ४ का किसानहरुलाई वडा द्धारा कृषि सामाग्री वितरण गरिएको छ । आर्थिक बर्ष ०७७÷०७८ को वडाको योजना अनुसार छनौटामा परेका किसानहरुलाई विभिन्न कृषी उपकरणहरु वडाले वितरण गरेको हो ।


कृषकहरुलाई कृषि सामाग्री वितरण गर्दै वडा अध्यक्ष सफिक अहमद मुसलमानले वडाका सबै नागरिक कृषि पेशामा आवद्ध भएकोले वडाले कृषिलाई विषेश प्राथमिकतामा राखेको बताउनु भयो । वडा स्तरिय बजेटबाट किसानको ४० प्रतिशत सहभागितामा ३६ जना किसानलाई मोटर ,१३ जना किसानलाई चारा काट्ने मेशिन वितरण गरिएको अध्यक्ष मुसलमानले बताउनु भयो ।


यस्तौ शुद्ध पिउने पानीका लागि १४ जना किसानलाई २ लाखको लागतमा निशुल्क हेण्डपम्प,१ सय ५० फुट पाइप,६ नं. मठ्ठा, जिआइपाइप र १ थान फिल्टर जाली वितरण गरिएको वडा अध्यक्ष मुसलमानले बतानु भयो । वडाले प्रदान गरेको कृषि सामाग्रीले वडाका किसानहरुलाई कृषि पेशामा लाग्न र व्यवसायिक कृषि गर्न थप हौसला प्राप्त हुने उहाँले बताउनु भयो । कृषिमा आधारित वडा भएकोले आ.ब. ०७८÷०७९ को वडा स्तरिय योजनामा पनि कृषिलाई विशेष जोड दिएको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma