Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३३ हजारमा झर्‍याे

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ९७ जना काेराेना सङ्क्रमणबाट मुक्त भएसँगै निकाे हुनेको सङ्ख्या पाँच लाख ९६ हजार एक सय ३२ पुगेको छ ।

याेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार पाँच सय ६१ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा काेराेना सङ्क्रमण निकाे हुने दर ९३ दशमलव ३ प्रतिशत रहेकाे छ । 

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ९२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ८७ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार आठ सय ८९ र चार हजार तीन सय ८१ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ३८ हजार आठ सय पाँच पुगेको छ ।

यस्तै काेराेना सङ्क्रमणका कारण थप ४१ जनाको ज्यान गएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार एक सय १२ पुगेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma