Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुमा स्कारपियो दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित चप्परगाउँमा भएको स्कारपियो दुर्घटनाका घाइते मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका निवासी विक्रम खनाल रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । आज ((शुक्रबार) दिउँसो पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा १६ च ८०९८ नम्बरको स्कापियो वाणगंगा ८ चप्परगाउँमा दुर्घटना भएको हो ।दुर्घटना भएको स्कारपियो भित्र मदिराको बोतल भेटिएको जनाइएको छ ।

चार जना सवार स्कारपियोमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका बिमल अधिकारी पनि घाइते भएको इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर दिनेश गुरुङले जानकारी दिनुभयो । अरुको स्वास्थ्यस्थिति सामान्य रहेको छ ।दुर्घटना तीव्र गतिको कारण भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma