Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

याे वर्ष मनसुनकाे सुरुमै बाढी तथा पहिरोमा परेर ३८ जनाकाे ज्यान गयाे, ३१ बेपत्ता

काठमाण्डाै – गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले यस वर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ । 

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङले यस वर्ष बाढी तथा पहिरोका कारण गएकाे जेठ ३१ देखि आजसम्म ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै हराइरहेको जानकारी दिनुभएको हो । उहाँका अनुसार बाढी पहिरोमा परि ४७ जना घाइते भएका छन् । शनिबार मात्रै  गोर्खा २ र धादिङमा २ गरेर ४ जनाले पहिरोका कारणले ज्यान गुमाएको छ । अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरु रिपोर्टिङ्ग भएको उहाँले जानकारी दिनुभयो । ४ सय ९५ घरहरु पूर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएका छन् । सामुदायिक भवन, विद्यालयहरुमा पनि क्षति पुगेको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका साना ठूला गरी २५ वटा हाइड्रोमा पनि बाढीले क्षति पुराएको छ । उहाँले यो वर्षको मनसुनजन्य क्षति सुरुवातमा नै निकै भयावह बनेर आएको र आफूहरु त्यसको प्रतिकार्यमा लागेको बताउनुभयो ।

मनसुन सुरु भए लगत्तै अवरुद्ध बनेका मनाङ्ग जाने बाटो , बाजुरा जाने बाटो र सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो लामो समय देखि अवरुद्ध छ । साना साना पहिरो र बाढीका कारण अवरुद्ध भएका सडक तत्काल सञ्चालनका लागि पहल गरिएको र सञ्चालन भएको भए पनि केही स्थानको बाटोहरु लामो समय देखि अवरुद्ध रहेको प्रमुख तामाङ्गले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma