Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

दिपेन्द्रनगरलाई पूर्ण सरसफाई टोल घोषणा

माधव बेल्बासे
चन्द्रौटा,कपिलवस्तु

कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा ३ मा रहेको दिपेन्द्रनगर(चौवा) टोललाई पूर्ण सरसफाई टोल घोषणा गरिएको छ । आईतवार आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोपाल थापाले घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मानिसको जिवनमा सरसफाई अतिआवश्यक रहेको बताउनुभयो । घरमा शौचालय,शुद्ध खानेपानी ,शारिरिक सरसफाई लगाएतमा ध्यान दिन सकेमा विभिन्न रोगवाट बच्न सक्ने बताउनुभयो । गाउँमा रहेका सबै टोलहरुलाई पूर्ण सरसफाईयुक्त टोल घोषणा गर्ने अभियान सुरु भइसकेकोले अब निरन्तर हुने बताउनुभयो । सरसफाईलाई गाउँपालिकाले विशेष प्राथमिकता दिएर बजेट बिनियोजन गरेको बताउनुभयो । थापाले दिपेन्द्रनगर(चौवा) टोलका नागरिकहरुको लागि सडक कालोपत्रे बनाउन योजना पठाएको भएपनि यस वर्ष छनोटमा नपरेको र आगामी वर्षमा सडक कालोपत्रे बनाउने उद्धघोष गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष लक्ष्मी चौधरीले गाउँलाई नमूनाको रुपमा विकास गर्न टोलवासीलाई अनुरोध गर्नुभयो । अब यस गाउँको सरसफाई व्यावस्थापन हेर्न वाहिरि जिल्ला बाट आउने गरी काम गर्न सुझाव दिदै त्यसको लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउन्ुभयो ।
प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले भौतिक विकास भएपनि अब नागरिकहरुको सोच विकासमा लगानी गर्नुपर्ने बताउनुभयो । नागरिक सचेत भएमा सामाजिक सुधारमा हुने उहाँले बताउनुभयो ।
यस टोलमा रहेका ७० घरधुरीमा सत प्रतिशत शौचालय,साबुन पानीको नियमित प्रयोग लगाएत ५ वटा सुचकहरु पुरा गरि आज घोषणा गरि वास संयोजक अर्जुन बेल्बासेले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष दिनेश चौधरी,बुद्धि अर्याल लगाएतले मन्तव्य दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma