Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

बुद्धभूमिले बालविकास केन्द्र र स्वयमसेवी शिक्षकको तलव बृद्धि गर्यो

कपिलवस्तु-कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आव ०७८र०७९ का लागि १ अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ । गएको असार ६ गते नै नीति तथा कार्यक्रम ल्याएको बुद्धभूमिले सोमबार बजेट ल्याएर नवौं नगर सभाको अन्त्य गरेको छ ।

नगरसभा पछि नगरपालिकाले रोमबार पत्रकार समक्ष बजेटमा उल्लेखित महत्वपूर्ण योजनाबारे जानकारी गराएको थियो ।

बजेट सार्वजनिकिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरले चार वटा गौरवका आयोजनालाई समेटर बजेट निर्माण गरेको जानकारी दिनुभयो । बजेटमा बुड्ढी तालको सुन्दरीकरण, चक्रपथ निर्माण र १५ शैयाको स्वास्थ्य चौकी निर्माणलाई नगर गौरवको योजनाको रुपमा राखिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

बजेटमा अधुरा योजना पूरा र गर्न सकिने कामलाई प्राथमिकतामा राख्दै ,स्वास्थ्य ,शिक्षा ,कृषि लगायका क्षेत्रलाई बढी प्राथमिकतामा राखेको छ । बालविकास केन्द्र र कार्यालय सहयोगीको मासिक तलवमा बृद्धि गरिएको छ भने नगरपालिकाले विद्यालयमा राखेको ९० स्वयमसेवी शिक्षकको तलवभत्ता पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma