Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउनु हुन्न : प्रधानमन्त्री ओेली

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने बताउनुभएको छ । सप्तरीको सदरमुकाम राजविराजमा आज रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएकाे हाे । 

उहाँले भौगोलिक, सामाजिक, भाषिक विविधता द्वन्द्वको विषय नभइ सम्पन्नताको प्रतीक भएको बताउनुभयाे । 

प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै सकिने बताउनुभएकाे छ । जग्गा प्राप्त भएको, डिजाइन बनेको तथा बजेटको पनि व्यवस्था भइसकेकाले काम चाँडै सकिने उहाँले दाबी गर्नुभएकाे हाे । यो काममा पालिका, जनप्रतिनिधि र आम जनताको सहयोग हुने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभयाे ।         

११ अर्ब ९८ करोड रुपैयाँको अनुमानित लागतमा ६२ बिघा जग्गामा प्रतिष्ठान निर्माण हुन लागेको हो । प्रतिष्ठानको विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) का लागि १५ करोड रुपैयाँ छुट्याइएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निर्देशक डा. रणजीत कुमार झाले जानकारी दिनुभयो । डीपीआर गर्न पाँच/छ महिना लाग्ने उहाँकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma