Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कालीगण्डकी डाइभर्सन परियोजना मुद्दाका दुवै पक्षलाई बोलाउने सर्वोच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्ने नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको इजलाशले डाइभर्सनको विवादबारेको सुनुवाइ गर्दै सर्वोच्चले सरकारी पक्षसँग लिखित जवाफ मागेको छ भने अन्तरिम आदेशबारे छलफल गर्न साउन ४ गते दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको हो ।

डाइभर्सनको विवादका बारेमा हिजोको इजलाशले आदेश जारी गरेको भएपनि आज मात्रै लिखित आदेश आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma