Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराजमा विकास : एक वर्षमा १३ किलोमिटर कालोपत्रे,२५ किलोमिटर ग्राभेल


माधव बेल्वासे
चन्द्रौटा कपिलवस्तु

शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७।७८ मा नगरको १३ किलोमिटर सडकलाई कालोपत्रे बनाएको छ । ग्रामिण भेगलाई प्राथमिकता दिदै नगरले अधिकांश सडकहरु कालोपत्रे बनाइएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।
निर्वाचन पश्चात सुरुको वर्ष देखि नै सडकलाई प्राथमिकता दिदै हिलो मुक्त सडक बनाउन स्तरउन्नती गर्दै कालोपत्रे बनाइएको अधिकारीले बताउनुभयो । “सडक अति आवश्यक हो प्रत्येक वर्ष १० किलोमिटर भन्दा बढी सडक कालोपत्रे बनाएको छौ,गाउँ गाउँ पुग्ने सडक कालोपत्रे हुदा नागरिकहरुको आवतजावतमा सहज भएको छ” अधिकारीले भन्नुभयो, “आगामी वर्ष पनि विभिन्न सडकलाई कालोपत्रे बनाउने योजना अघि सारेका छौ, ।”
नगरले एक वर्षमा २५ किलो सडकलाई स्तरउन्नति गर्दै ग्राभेल गरेको नगरपालिकाका सव ईन्जिनियर नारायण बोहोराले बताउनुभयो । उहाँका अनुसार एक वर्षको अवधिमा ३ किलोमिटर सडक आरसीसी,एउटा सामुदायिक भवन,एउटा धर्मशाला,२ किलोमिटर नाली निर्माण,दुई वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ । निर्माण काम सम्पन्न भएका सडकहरु अनुगमन गरिएको अनुगमन समितिका संयोजक उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । “निर्माण काम सम्पन्न भएका अधिकांश सडकहरु अनुगमन गरेकी छु,गुणस्तरीय काम भएको छ, थारुले भन्नुभयो, “सडक गुणस्तरीयमा प्रश्न उठिरहेको बेला अनुगमनलाई प्रभावकारी बनाएकी छु, ।”
शिवराज नगरपालिका वडा न १ उमरी देखि बनकट्टा सम्मको सडक कालोपत्रेको काम ५० लाखको लागतमा सम्पन्न भएको छ । त्यस्तै खरेन्द्रपुर देखि धनगढवा सम्मको सडक पनि यसै वर्ष कालोपत्रे भएको छ । लामो समयदेखि वर्षादको समयमा सडक हिलाम्मे हुदा आवतजावतमा समस्या भएकोले यस वर्ष यस सडक कालोपत्रे गरिएको वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । त्यस्तै सोनवर्षी देखी कटुवा,शिवराज ५ राष्ट्रिय मावि देखि रहटकोल जाने सडक कालोपत्रे सम्पन्न भएको छ । अवको एक वर्ष भित्र सबै गाउँमा पुग्ने सडक कालोपत्रे गर्ने नगरको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma