Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

काठमाडौँ– सर्वोच्च अदालतले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

सोमबार संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले निवेदकको माग बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।

सर्वोच्चको संवैधानिक इजलासले १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ ।

संक्षिप्त आदेश पढ्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभाको विघटन ७६ (५) र ७ मा रहेको प्रावधान अनुसार नदेखिएको फागुन ११ को सर्वोच्चको व्याख्या मर्मअनुसार नभएकाले यसलाई मान्यता दिन नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma