Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

तीन साता बित्यो, खै कार्यान्वयन ? 

शिवराज नगरपालिकाले जारी गरेको सुचनालाई कार्यन्वयन गर्न नगरलाई सकस परेको छ । शिवराज नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरुलाई हटाउन भन्दै एक हप्ताको समय दिएर गत असार २३ गते सुचना प्रकाशित गरेको थियो । उक्त सुचना जारी गरेको ३ हप्ता विति सक्दा पनि लागु हुन सकेको छैन् ।

सडक ऐन विपरीत संरचना निर्माण भएका संरचना अहिले पनि जस्ताको त्यस्तै छन् । सुचना जारी गरेर अल्टिमेटम दिएपनि राजनितिक कारणले नगरले कार्यन्वयन गर्न नसकेको सरोकारवालाहरुको भनाइ छ । स्थानिय तहको निर्वाचन नजिकिदै जादाँ व्यावसायिहरु रुष्ट हुन सक्ने भन्दै कार्यान्वयनमा ढिलाई भएको नागरिकहरुको बुझाई छ ।

नगरपालिकाले सडक अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउन भनेर सुचना जारी गरे पनि सडक अतिक्रमण गरेका सडकमै व्यापार गरेका ब्यापारीहरुले सुचनालाइ अटेरी गरेका गरेका छन, भने सम्बन्धित निकायले कुनै पहल गरेको छैन । जिल्लाको शिवराज स्थित चन्द्रौटा क्षेत्र आसपासमा रहेका बजार क्षेत्रको राजमार्गमा सडक अतिक्रमण गरी निर्माण गरी सामग्री राख्ने ,पसल व्यावसाय गर्ने , अटो व्यावसाय संचालन गरी सडक अवरुद्द हुने गरी सभारी पार्क गरी राख्ने ,ठेलामा ब्यावसाय गर्ने राजमार्गमा सडक मिचेर बनाइएको संरचना हटाउन भन्दै सुचना जारी गरेको नगरपालिका तिन हप्ता विति सक्दासमेत मौन बसेको सरोकारवालाहरुको भनाइ छ ।

सडक अतिक्रमण अतिक्रमण हट्न नसक्दा बजार नै अस्तब्यस्त बनेको छ । नगरपालिकाको सुचनालाई बेवास्तागरी सडक अतिक्रमण गरेको प्रति नगरपालिका अव थप कडा रुपमा प्रस्तुत हुने शिवराज नगरपालीकाका प्रमुुख प्रशाशकिय अधिकृत गणेश प्रसाद अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो अव सडक अतिक्रमण हटाउन , नगरका कार्य समिति , सडक समिति , स्थानिय संघ स्थहरु जुटेर उक्त विषयको निर्णय लिने बताउनुभयो ।शिवराज नगरपालिकाको मुख्य शहरको रुपमा रहेको चन्द्रौटा चोकमा राखिएको डिभाईडरले अव्यावस्थित भएको स्थानियको भनाई छ । सडकमा डिभाइडरलाई ठिक ठाउँमा नराख्दा दुर्घटना बढेपनि यसमा नगरपालिकाले ध्यान दिन नसकेको जनाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma