Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुमा बामदेव पक्षका नेताहरु तटस्थ

कपिलवस्तुमा बामदेव गौतम पक्षका नेताहरु अहिले सम्म तटस्थ बसेका छन । कुनै पक्षमा नखुल्दा उनिहरुका समर्थकहरु पनि अन्योलमा परेका छन ।शिवराज नगरपालिका ५ चन्द्रौटा निवासी नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय एकता अभियानका जिल्ला इन्चार्ज जिवलाल पौडेलले अहिले कतै पनि खुल्ने अवस्था नरहेको बताउनुभयो । पौडेलले आफू पक्षका नेताहरुले जवजलाई आत्मसाथ गर्ने बताउनुएको छ । माथिल्लो तहमा छलफल भइरहेकोले अब केहि दिनमै कुन पाटीमा जाने भन्ने निर्णय गरिने उहाको भनाइ छ । पाटी एकता अभियानका जिल्ला इन्चार्ज समेत रहनुभएका पौडेलले कपिलवस्तुमा एकता अभियानका नेताहरु एमाले वा एकिकृत समाजवादी जुन रोजे पनि त्यतै पल्लभारी हुने बुझाइ छ । लामो समय देखि एमालेको राजनीति गर्दै आउनुभएका पौडेल सिदान्त छोड्ने पक्षमा भने आफूहरु नभएको बताउनुभयो। अहिले राष्ट्रीय एकता अभियानको केन्द्रीय कमिटी तथा केन्द्रिय सम्पादन कमिटीमा पार्टीको सिदान्तको बिषयमा पटक पटक छलफल भइरहेको पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma