Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

पानीले घर ढल्यो, बस्न बास छैन्

माधव बेल्बासे
चन्द्रौटा ,२३ भदौ

घटना भदौ १९ गतेको हो । ११ महिने छोरिलाई तेल लगाइदिदै थिइन् नन्दकली,खरको छानो माटोको भित्तो रहेको उनको घरमा आमाछोरी मात्र थिए । अविरल वर्षा परेकोले घरको भित्तो पानीले गलेपछि घर एक्कासी गल्र्यामगुर्लुम ढल्यो,छोरीलाई काखमा च्याप्दै उनी हत्तारीदै बाहिर निस्कीन् । छोरीको टाउकोमा चोट लागेछ भने आमाको शरिरमा पनि चोट देखियो ।“दिउसोको समय भएर बाच्यौ, रातीको समय भए सायद हामी बाच्दैनथ्यौं होला,” नन्दकलीले भनिन् ।
शिवराज नगरपालिका ५ चन्द्रौटा पर्व रहटकोलको सुकुम्वासी बस्तीमा बस्दै आएका ज्ञानेन्द्र लामिछाने अहिले घरवार विहिन भएका छन् । बाउँबाजेको कुनै सम्पती नभएका उनी यस क्षेत्रमा आएर सुकुम्वासीको रुपमा बस्दै आएका छन् । वर्षातको समयमा वर्षेनि पिरलो हुने लामिछानेको परिवार अहिले छिमेकीको घरमा बस्दै आएका छन् । घरमा रहेको केहि लत्ताकपडा निकाली छिमेकीको घरमा राखेर सहयोगको अपिल गर्दै वडा कार्यालय नगरपालिकामा भौतारिरहेका छन् ।
झण्डै ७ वर्ष माओवादी जनयुद्धमा प्रत्येक्ष रुपमा संम्लग्न रहेका लामिछाने बुबा बिरामी भएपछि विदा लिएर वुवाको हेरचाह तर्फ लागे । केहि महिनामै बुबाको मृत्यु पश्चात रोजगारीको लागि भारत गए । भारतमा झण्डै ३ वर्ष विताएका उनी नेपाल आएर चन्द्रौटा स्थायी बसोवास स्थान बनाएका छन् । कृषि विकास वैकवाट ऋण लिएर वाख्रा पालन गरेका उनले अहिले जनतन वैकको व्याज तिरिरहेका छन् । लामिछानेकोे अहिले घर भत्किएपछि बनाउन उनीसँग पैसा छैन । वडा न ५ कार्यलयमा पुगि सहयोग लागि अपिल गरे । वडा कार्यालयले नगरपालिकालाई सहयोग गरिदिन पत्र लेख्यो ।
२२ गते नगरपालिका पुगेका लामिछाने नगरपालिकाको जवाफ सुनेपछि निराश हुँदै फर्कनुपर्यो । वाढी पहिलोले मानिसको मृत्यु भएमा मात्र सहयोग गरिने जवाफ आएपछि उनी दुखि गरिवहरु नमरेसम्म सहयोग नपाइने दुखेसो पोख्छन् । “दुई वर्ष देखि नगरपालिकामा टिन माग गरेका छौ, अहिले सम्म टिन पाउन सकेका छैनौ, लामिछाने भने,“राजनिति अस्थाकै भरमा प्रत्येक वर्ष टिन वितरण हुने गर्दछ,हामी कुनै पाटिमा आवजनिति अस्थाकै भरमा प्रत्येक वर्ष टिन वितरण हुने गर्दछ,हामी कुनै पाटिमा आवद्ध नहुँदा पाउन सकेनौ,।”
लामिछानेको मात्र होइन उनको घर सँग सटेको अमर रानाको घर पनि भत्किने अवस्थामा छ । राना परिवारको टाटिले बारेको घर पानीले टाटी भत्काएपछि अहिले पलाष्टिहरुले बेरेर बसेका छन् । घर भत्किएर खान र वस्न वास नभएको खण्डमा वडाको सिफारीसमा विपत व्यावस्थापन समितिले राहत प्रदान गर्ने नगरप्रमुख नेत्रराज अधिकारीको भनाई छ । पहिलो चरणमा खाद्यान्यहरु सहग गर्न सकिने र जस्ता पाता मागेको खण्डमा निर्णय गरेर जस्तापाता पनि नगरपालिकाले उपलब्ध गराउने अधिकारीले बताउनुभयो । नागरिकहरुकै सेवामा तत्पर रहेको बताउँदै नगरप्रमुख अधिकारीले पिडितले नियम पुरा गरी नगरमा माग गरेको खण्डमा सहयोग उपलब्ध गराउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma