Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

मखमली आवाज नयाँ पुस्ताका आशलाग्दो प्रतिभा बिक्रम परीयारको ‘कस्को अनुमति’ (भिडियो सहित)


शिब खनाल कपिलवस्तु ।
वि.स. २०५० साल पुस महिनाको २५ गते शनिबारको दिन स्याङजा जिल्लाको गल्याङ नगरपालिका वार्ड नं.७ मा बुवा जितमान परियार र आमा माया परियारको कोख बाट जन्मिएका बिक्रम घरको जेठो सन्तानको रूपमा जन्म लिए

सानै देखी गित संगितमा रुचि राख्ने बिक्रम बिभिन्न स्कुलहरुका गायन प्रतियोगीतामा भाग लिने गर्थे उनि हरेक प्रतियोगितमा प्रथम स्थान नै हासिल गरेको उनले बताउछन सानै उमेरमा गायक बनेका बिक्रम बिभिन्न सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुदै आएको उनि बताउछन ।
काठमाण्डौ लाइ कर्मथलो बनाएउदै आएका गायक बिक्रम परीयारले मास्टर डिग्री पढदै आउनु भएको छ । बिक्रमले २०७२ सालमा पहिलो पटक नेपाली लोक गित संगीत गितमा औपचारिक प्रवेश गरेका थिए । बिक्रमका चर्चित गितहरु चौतारीको बर, गुन्ध्रुक मिठो सागको,बाँचेको धन्न,आधा माया लगायत दर्जनौ मौलिक गितहरु बजारमा छ्न ।

भर्खरै मात्र सार्वजनिक भएको गित कस्को अनुमतीमा बिक्रम परीयार र शान्ती श्री परीयारको स्वरमा रहेको गित बजारमा पठाएका छ्न कस्को अनुमति गितमा लोकप्रिय सर्जक डा.शिब सुवेदीको शब्द/संगीत रहेको छ । पुष्पाञ्जलीले बजार ब्यवस्थापन गरेको छ जसमा भिडियोको निर्देशकको भुमिका बिनोद भण्डारीले गरेका छन् भने चर्चित एंवम लोकप्रिय मोडल महेन्द्र गौतम र गरीमा शर्माको अभिनय रहेको छ ।

घर परिवार र अग्रजकलाकारको विशेष सहयोगका कारण यो क्षेत्रमा अगाडि बढन सहज भएको उनि बताउछन । सानै देखी गित संगीतमा रुचि राख्ने बिक्रम राष्ट्रिय स्तरका गायकको सुचिमै पर्छन प्रतिभाका धनि गायक विक्रम आगामी दिनहरुमा मौलिक लोक संगीतलाइ सधै निरन्तरता दिने पनि उनि बताउँछन ।

भिडियोका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।
https://youtu.be/p8vnwfoYIyI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma