Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

तराईमा ५३ प्रतिशत जनसंख्या, शहरमा दुई तिहाइ

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

यो १० वर्ष अगाडि २०६८ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ जना बढी हो । जनसंख्या वृद्धिदर ०।९३ प्रतिशत मात्र रहेको नेपालमा कुल ५६ लाख ४३ हजार ९ सय ४५ वटा घर रहेको पाइएको छ । यी घरमा कुल ६७ लाख ६१ हजार ५९ वटा परिवार बसोबास गर्छन् ।

अर्थात् प्रत्येक १ सय वटा घरमा १२० वटा परिवारको बसोबास रहेको देखिएको छ । १० वर्ष अगाडि एक सय वटा घरमा ११८ जना परिवार बसोबास गर्ने गरेको देखिएको थियो । पछिल्लो १० वर्षमा परिवार संख्या मात्र १३ लाख ३३ हजार ५ सय ३१ ९२४।५७ प्रतिशत० थप भएको छ ।

कुल जनसंख्यामा १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना ९४८।९६ प्रतिशत० पुरुष छन् । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ ९५१।०४ प्रतिशत रहेको छ । नयाँ तथ्यांक अनुसार १ सय महिलाको अनुपातमा ९५।९१ जना पुरुष देखिन्छ ।

कुल जनसंख्या स् २ करोड ९१ लाख ९२ हजार ४ सय ८०
पुरुष स् १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना ९४८।९६ प्रतिशत०
महिला स् १ करोड ४९ लाख १ हजार १ सय ६९ ९५१।०४ प्रतिशत०
केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो तथ्यांकमा दार्चुला जिल्लाका लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसंख्या समेत यसमा समेटिएको छ ।

प्रारम्भिक नतिजाका तथ्यांकहरु पूर्ण नतिजा आउँदा परिवर्तन हुन सक्छन् । यस्तो आंकडा एक देखि दुई प्रतिशतसम्म तलमाथि पर्न सक्ने उनले जानकारी दिए । प्रारम्भिक नतिजालाई व्याख्या गर्ने गरी विस्तृत नतिजामा समेटिने उनको भनाइ छ ।

नेपालमा घर संख्या स् ५६ लाख ४३ हजार ९४५
परिवार संख्या स् ६७ लाख ६१ हजार ०५९
जनगणना घर र परिवारको अनुपात स् १ः १।२०
१० वर्षमा थप भएको परिवार संख्या स् १३ लाख ३३ हजार ५५७
एक परिवारमा ४।३२ जना सदस्य

तथ्यांकअनुसार नेपालमा प्रतिपरिवार ४।३२ जना सदस्य रहेको देखिएको छ । २०६८ सालमा प्रतिपरिवार ४।८८ जना सदस्य रहेका थिए ।

प्रदेशगत रुपमा हेर्दा गण्डकी प्रदेशमा एक परिवारमा औसत ३।६६ जना सदस्य रहेका छन् । मधेश प्रदेशमा सबैभन्दा बढी ५।१५ जना सदस्य रहेको देखिन्छ । जिल्ला अनुसार दोलखामा प्रतिपरिवार औसत ३।४१ जना सदस्य र रौतहट, बारा, कपिलवस्तुमा औसत ५।५० जना सदस्य रहेको देखिन्छ ।

भौगोलिक रुपमा हेर्दा हिमाली भेगमा प्रतिपरिवार ४।२७, पहाडमा ३।९५ र तराईमा ४।६५ जना रहेका छन् । शहरी क्षेत्रमा औसतः ४।२५ जना र ग्रामीण भेगमा ४।५५ जना एक परिवारमा रहेको देखिएको छ ।

विदेशमा बस्ने संख्या २१ लाख ६९ हजार

तथ्यांकअनुसार अक्सर विदेशमा बस्ने जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ जना रहेको देखिएको छ । यो संख्या परिवारबाट अलग भई विदेशमा बसोबास गरेकाहरुको हो ।

यसमा पुरुष ८१।२८ प्रतिशत र महिला १८।७२ प्रतिशत रहेको छ । २०६८ सालमा यस्तो जनसंख्या १९ लाख २१ हजार ४ सय ९४ रहेको थियो ।

त्यसबेला पुरुषको संख्या ८७।६४ प्रतिशत रहेकोमा पछिल्लो १० वर्षमा महिलाहरु विदेशिने क्रम बढेको देखिएको छ । २०६८ को तुलनामा ७१।०९ प्रतिशत बढी महिला विदेशिएका हुन् । तराईबाट सबैभन्दा बढी विदेशिएका छन् ।

अक्सर विदेशमा बस्ने जनसंख्या स् २१ लाख ६९ हजार ४ सय ७८
पुरुष स् १७ लाख ६३ हजार ३ सय १५ ९८१।२८ प्रतिशत०
महिला स् ४ लाख ६ हजार १ सय ३ ९१८।७२ प्रतिशत०
विदेशिने महिलाको संख्या स् ७१।०९ प्रतिशत
तराईबाट विदेशिने स् १० लाख ६५ हजार ९ सय ६९
पहाडबाट विदेशिने स् ९ लाख ८४ हजार ८ सय ९६
हिमालबाट विदेशिने स् १ लाख १८ हजार ६ सय १३
तराईमा आधा भन्दा बढी जनसंख्या, पहाड र हिमालमा घट्दै

भौगोलिक विभाजन अनुसार तराई भेगमा जनसंख्याको आधा भन्दा बढी जनसंख्या रहेको देखिएको छ । तथ्यांक अनुसार तराईमा १ करोड ५६ लाख ६५ हजार ८ सय २८ जना मानिस रहेका छन् ।

यो कुल जनसंख्याको ५३।६६ प्रतिशत हो । २०६८ मा यहाँ मात्र ५०।२७ प्रतिशत जनसंख्या थियो । पहाडमा १ करोड १७ लाख ४८ हजार ५ सय ४८ जना बसोबास गर्छन् । यो कुल जनसंख्याको ४०।२५ प्रतिशत हो । हिमाली भेगमा १७ लाख ७८ हजार १ सय ४ जना मानिस बस्छन् । यो कुल जनसंख्याको ६।०९ प्रतिशत हो ।

तराईको जनसंख्या स् १ करोड ५६ लाख ६५ हजार ८ सय २८ ९५३।६६ प्रतिशत०
पहाडको जनसंख्या स् १ करोड १७ लाख ४८ हजार ५ सय ४८ ९४०।२५ प्रतिशत०
हिमालको जनसंख्या स् १७ लाख ७८ हजार १ सय ४ ९६।०९ प्रतिशत०
मधेश प्रदेशमा उच्च जनसंख्या, कर्णालीमा कम

तथ्यांक अनुसार जनसंख्या सबैभन्दा बढी मधेश प्रदेशमा पाइएको छ । मधेश प्रदेशमा २०।९९ प्रतिशत र कर्णालीमा ५।८१ प्रतिशत जनसंख्या रहेको छ । बागमतीमा २०।८४ जनसंख्या छ । जनसंख्याको हिसाबले तेस्रो, थौचो, पाँचौ र छैठौंमा क्रमशः लुम्बिनी, प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् ।

प्रदेश १ स् ४९ लाख ७२ हजार २१ ९१७।०३ प्रतिशत०
मधेश प्रदेश स् ६१ लाख २६ हजार २ सय ८८ ९२०।९९ प्रतिशत०
बागमती प्रदेश स् ६० लाख ८४ हजार ४२ ९२०।८४ प्रतिशत०
गण्डकी प्रदेश स् २४ लाख ७९ हजार ७ सय ४५ ९८।४९ प्रतिशत०
लुम्बिनी प्रदेश स् ५१ लाख २४ हजार २ सय २५ ९१७।५५ प्रतिशत०
कर्णाली प्रदेश स् १६ लाख ९४ हजार ८ सय ८९ ९५।८१ प्रतिशत०
सुदूरपश्चिम प्रदेश स् २७ लाख ११ हजार २ सय ७० ९९।२९ प्रतिशत०
शहरमा बस्ने जनसंख्या बढ्यो

राजनीतिक परिवर्तनपछि आएको संघीय संरचनाबाट स्थानीय तहको व्यवस्था भएपछि नेपालमा शहरी जनसंख्या भने बढेको देखिएको छ । देशभर रहेका २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी र ४६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण मानिएको छ ।

यस जनगणनाबाट शहरी जनसंख्या ६६।०८ प्रतिशत र ग्रामीण जनसंख्या ३३।९२ प्रतिशत पुगेको छ । २०६८ सालमा ५८ वटा मात्र नगरपालिका थिए । सो आधारमा उक्त जनगणनामा १७।०७ प्रतिशत शहर र ८२।९३ प्रतिशत मानिस ग्रामीण जनसंख्या रहेको तथ्यांक आएको थियो ।

शहरी जनसंख्या स् १ करोड ९२ लाख ९१ हजार ३१ ९६६।८ प्रतिशत०
ग्रामीण जनसंख्या स् ९९ लाख १ हजार ४ सय ४९ ९३३।९२ प्रतिशत०
हिमाली जिल्लामा कम जनसंख्या, बढी काठमाडौंमा

नेपालमा ७७ वटा जिल्ला रहेकोमा सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको छ । काठमाडौं जिल्लाको जनसंख्या २० लाख १७ हजार ५ सय ३२ जना रहेको छ । सबैभन्दा कम मनाङमा ५ हजार ६ सय ४५ जना रहेको छ ।

मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला दोस्रो, तेस्रो, चौथो र पाँचौ धेरै जनसंख्या भएका जिल्ला हुन् । कम जनसंख्या भएका जिल्ला मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा पर्छन् ।

सबैभन्दा कम जनसंख्या

मनाङ स् ५ हजार ६ सय ४५
मुस्ताङ स् १४ हजार ५ सय ९६
डोल्पा स् ४२ हजार ९ सय ५९
रसुवा स् ४५ हजार ५ सय ५४
हुम्ला स् ५५ हजार ४ सय ९६
धेरै जनसंख्या भएका जिल्ला

काठमाडौं स् २० लाख १७ हजार ५ सय ३२
मोरङ स् ११ लाख ४७ हजार १ सय ८६
रुपन्देही स् ११ लाख १८ हजार ९ सय ७५
झापा स् ९ लाख ९४ हजार ९०
सुनसरी स् ९ लाख ३४ हजार ४ सय ६१
बसाइसराई बढी हुने जिल्लामा बढ्दो जनसंख्या

तथ्यांक अनुसार बसाइसराई अत्यधिक रहेका जिल्लामा जनसंख्याको वृद्धिदर समेत बढी देखिएको छ । यो जनगणनाबाट जनसंख्या बढी वृद्धिदर रहेको जिल्ला भक्तपुर देखिएको छ । यहाँ ३।३२ प्रतिशतको जनसंख्या वृद्धिदर छ ।

रुपन्देहीको २।३०, चितवनको २।१०, बाँकेको १।९७ र सुनसरीको १।९४ प्रतिशत जनसंख्या वृद्धिदर देखिएको छ । यी तुलनात्मक रुपमा बढी बसाइसराईमा आकर्षण भएका जिल्ला हुन् । कम वृद्धिदर भएका जिल्लामा भने रामेछाप –१।६५, खोटाङ –१।५६, मनाङ –१।४१, भोजपुर –१।३२ र तेह्रथुममा –१।२६ प्रतिशतको गिरावट देखिन्छ ।

जनघनत्व १९८ जना प्रति वर्गकिलोमिटर

जनसंख्याको कुल संख्यामा भएको बढोत्तरीले जनघनत्व भने बढेको देखिएको छ । जनगणनाको प्रारम्भिक नतिजा अनुसार जनघनत्व १९८ रहेको छ । २०६८ सालमा जनघनत्व १८० जना रहेको थियो । जनघनत्व तराईमा ४६१, पहाडमा १९२ र हिमालमा ३४ रहेको छ ।

प्रदेश अनुसार सबैभन्दा बढी जनघनत्व मधेश प्रदेशमा ६३६ रहेको छ । बागमती प्रदेशमा ३ सय रहेको छ । लुम्बिनीमा २३०, प्रदेश १ मा १९२, सुदुरपश्चिममा १३६, गण्डकीमा ११६ र कर्णाली प्रदेशमा ६१ जना रहेको तथ्यांक आएको छ । जनघनत्व प्रति एक वर्गकिलोमिटरमा बसोबास गर्ने जनसंख्याको औसत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma