Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

लिङ्देनद्वारा २४ पदाधिकारी मनाेनीत

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा २४ पदाधिकारी मनाेनयन भएका छन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज आइतवार उपाध्यक्ष, महामन्त्री, सह–महामन्त्री लगायतका पदाधिकारी थप मनाेनयन गर्नुभएकाे हाे । 

पार्टीकाे विधानअनुसार उपाध्यक्ष दुई जना हेमराज गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्री दुई जना राजेन्द्र गुरुङ र प्रह्लादप्रसाद शाह, सह–महामन्त्री सात जना मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रविन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित भएका छन् । 

यसैगरी प्रवक्तामा चार जना भक्तिप्रसाद यादव, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल मनोनित भएका पार्टीकाे विज्ञप्तिमा जनाइएकाे छ । यस्तै सहायक प्रवक्तामा प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह र पूर्णबहादुर चन्द मनोनित भएका छन् । 

यस्ता छन् पदाधिकारी–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma