Home राष्ट्रिय समाचार, समाचार खाेप लगाएका व्यक्तिकाे विवरण २१ गते दिउँसाेसम्म उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयकाे ताकेता
राष्ट्रिय समाचारसमाचार

खाेप लगाएका व्यक्तिकाे विवरण २१ गते दिउँसाेसम्म उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयकाे ताकेता

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिको विवरण उपलब्ध गराउन पालिका र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई ताकेता गरेको छ ।

२४ लाख डोज खोप हराएको भनेर आलोचना भइरहेको बेला मन्त्रालयले आज साेमवार सूचना निकालेर आउँदो शुक्रवार दिउँसो ३ देखि ४ बजेसम्म तथ्याङ्क उपलब्ध गराउन भनेको छ ।

मन्त्रालयले निकालेको सूचनामा स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सात वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लामा रहेका ७७ वटै स्वास्थ्य कार्यालय र सात सय ५३ वटै पालिकालाई डीएचआईस–२ प्रणालीमा अनिवार्य तथ्याङ्क प्रविष्ट गर्न भनेको छ ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर