Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजमा विद्यालय संचालन गर्न आग्रह

नवराज पौडेल, कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका अन्र्तगत रहेका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय संचालन गर्न शिवराज नगरपालिका शिक्षा शाखाले आग्रह गरेको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोविड १९ ओमिक्रोनको संक्रमण तिव्र रुपमा फैलिएको परिस्थितीमा विद्यार्थीहरुको भौतिक उपस्थितीमा अवरुद्ध सिकाई सहजीकरण प्रकियालाई सुचारु गर्न आग्रह गरेको हो ।

 शिक्षा तथा विज्ञान प्रविधी मन्त्रालयले जारी गरेको बैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार कोविड १९ बाट बच्ने न्युनतम स्वास्थ्य तथा सुरक्षाका मापदण्ड अपनाई विद्यालय संचालन गर्न सुचना जारी गरिएको शिक्षा शाखा अधिकृत पुर्ण बहादुर विश्वकर्माले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma