Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

१३६ जना कृषकलाई कृषि औजार वितरण

कपिलवस्तुकाे शिवराजनगरपालिकाकाे ११ नं. वडा कार्यालय थुन्हियाले वडाभित्रका कृषकलाई कृषि औजार तथा ह्यान्ड पम्प वितरण गरेकाे जनाएको छ । वडा अध्यक्ष रामेश्वर बर्माले ३१ जनालाई स्प्रे ट्यांकी, ३५ जनालाई चरा मेसिन, ७० जनालाई ह्यान्ड पम्प वितरण गरिएकाे जानकारी दिएका छन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै कृषि शाखाका प्रमुख तारा चन्द चाैधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न आवश्यक रहेकाे बताए । उनले अत्याधुनिक कृषि औजार तथा उपकरण बिना किसानले कृषि क्षेत्रलाई आधुनिकीकरण नगरेसम्म उत्पादनलाई बृद्धि गर्न नसकिने जिकिर गरे ।

आगामी दिनहरूमा कृषि प्रविधियुक्त उपकरण विशेष प्राथमिकतामा राखेर वितरण गर्दै जानुपर्नेमा शाखा प्रमुख चाैधरीले जाेड दिए । उनले कृषकहरूलाई कृषिजन्य सामग्रीलाई सही सदुपयोग गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न सुझावसमेत दिए । कार्यक्रमलाई सम्बाेधन गर्दै सामजसेवी प्रेम बहादुर रायमाझी, सुरेन्द्र जयसवाल लगायतले अधिकांश किसान कृषि पेशामा निर्भर रहेकाले कृषि क्षेत्रमा आवश्यक बजेट विनियोजन गरि लगानी गर्नुपर्नेमा जाेड दिएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma