Home जिल्ला समाचार जिल्ला प्रशासनद्धारा बुद्धभूमिका विपन्न समुदायलाई न्यानो कपडा वितरण
जिल्ला समाचार

जिल्ला प्रशासनद्धारा बुद्धभूमिका विपन्न समुदायलाई न्यानो कपडा वितरण

कपिलवस्तु – जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बुद्धभूमिका विपन्न समुदायको वस्तिमा पुगेर न्यानो कपडा वितरण गर्न थालेको छ । बुद्धभूमि नगरपालिकाका विभिन्न विपन्न वस्तिमा पुगेर प्रशासनले शुक्रबार न्यानो कपडा वितरण गरेको हो ।

नगरको वडा नं. ९ मा रहेका वादी समुदायका १५ परिवार, वडा नं. ४ मा रहेका कुमाल समुदायका ३३ परिवारलाई जुत्ता ३ सेट, ज्याकेट, ट्राउजर, महिलाको भित्रि कपडा १ गरि परिवारलाई ९ वटा सामग्रीको सेट बाडिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिनुभयो ।


उक्त कपडा वितरणमा नगर प्रमुख केशव कुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, वडा नं. ९ का वडाध्यक्ष चुरामणी न्यौपाने लगायतको सहभागीता रहेको थियो । तराईमा बढ्दो जाडोका कारण आर्थिक रुपमा विपन्न भएका समुदायलाई ज्यानको सुरक्षा स्वरुप न्यानो कपडा वितरण गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।


साथै शनिबार जिल्लाको शुद्धोधन र मायादेवी गाउँपालिका ५१ परिवारलाई कपडा वितरणको कार्यक्रम राखिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जनाउनुभयो । यी कपडा यस पालिकाका नेटुवा समुदायलाई वितरण गरिने उहाँको भनाई छ ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर