Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

गोल्डेन स्टारद्धारा आयोजित आँखा शिविरमा ३ सय भन्दा धेरै लाभान्वित

कपिलवस्तु – गोल्डेन स्टार युवा क्लबले आयोजना गरेको आखा र दात शिविरबाट ३ सय भन्दा धेरैले लाभ लिएका छन ।शिवगढीको बानियाभारमा आईतवार सन्जिवनी आखा अस्पताल र निदान डेन्टल चन्द्रौटाको सहयोग र गोल्डेन स्टार युवा क्लबको आयोजनामा बानियाभारमा अवस्थित सरस्वती माबी बानियाभारमा संचालित शिविरमा आखा र दात गरि ३ सय भन्दा धेरैलेले लाभ लिएको हो ।


धेरै शिवराज नगरपालिका ९ बासीको आखामा समस्य भए पनि आर्थिक समस्य र वास्ता नगर्दा स्थानीयले आखा र दातको कारण धेरै समस्य भोगीरहेको महसुस गरेर शिविरको आयोजना गरेको क्लबका अध्यक्ष ईस्वर गीरीले बताउनु भयो ।शिविरमा सामान्य आखा र दातका बिरामीहरुलाई चेकजाँच गरि औषधी वितरण गरिएको थियोे ।केहि बिरामीहरुलाई अप्रेसन समेत गर्नु पर्ने भएकोले उहाहरुलाई परामर्श सहित निशुल्क अप्रेसन ब्यवस्था गरिदिने पनि गिरि बताउनु भयो ।

११ बजे शिवराज नगरपालिका ९ का कार्यबाहक अध्यक्ष गोपाल चौधरीले ब्यानर खोलेर शिविरको उट्घाटन गर्नु भएको थियो कार्यक्रममा समाजसेवी हरी श्रेष्ठ ,शंकर जि सी ,लगायत उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma