Home Featured, जिल्ला समाचार हिमपात कृषि सहकारीद्धारा सन्चालित दुग्धडेरीको उद्घाटन
Featuredजिल्ला समाचार

हिमपात कृषि सहकारीद्धारा सन्चालित दुग्धडेरीको उद्घाटन


कपिलवस्तु –
हिमपात साना किसान कृषि सहकारी संस्थाद्धारा सन्चालित दुग्धडेरीको आज एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ ।

दुग्धडेरी उद्घाटन कार्यक्रममा लुम्बिनि प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले कृषि सहकारीले किसानलाई उत्पादनमुखि बनाउनेमा जोड दिनु पर्ने बताउनुभएको छ । सहकारीले अन्य कुरामा लगानी लगाउनु भन्दा कृषि क्षेत्रमा लगानि लगाइ हजारौ किसानलाई आत्म निर्भर हुने कुरामा जोड दिनु पर्न बताउनु भयो ।

प्रदेशसभा सदस्य केसीले कृषि क्षेत्रमा बिभिन्न अनुदान दिने हुदा यस्ता अनुदान कसरी लिन सकिन्छ भन्ने कुरामा लागेर किसान लाभान्वित हुनु पर्न बताउनु भयो ।
शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले किसानले कसरी उत्पादनमुखि हुन सकिन्छ भन्ने तिर ध्यान दिनु पर्न बताउनु भयो ।

नगरपालिकामा आउने बिभिन्न बजेटमा पनि कृषक र पशुपालनमा आउने अनुदान उत्पादनमा आधारित हुने भएकाले यस्ता लाभ लिन किसान आफै उत्पादन तिर लाग्न अनुरोध गर्नु भयो । साथै दुग्धडेरी सन्चालनको शुभकामना दिदै सहकारीले किसानको भावनालाई बुझि काम गर्न आग्रह गर्नूभयो ।

यस्तै शिवराज पशुशाखा प्रमुख धनेस्वर खनाल,व्यापार संघ कपिलबस्तुका बरिष्ठ उध्याक्षय जगत प्रसाद पौडेल, हिमपात सानाकिसान कृषि सहकारी संस्थाका सल्हाकार सदस्य मधु सुदन पोख्ररेल,बिष्नु प्रसाद खतिवडा लगायतले दुग्धडेरी सन्चालको शुभकामना दिदै किसान लाई आत्म निर्भर बनाउन कसरी सकिन्छ भन्ने कुराको जोड दिदै सबै सगं सहकार्य गदै किसानलाई लाभान्वित बनाउनु पर्न जोड दिएका थिए ।

संस्थाका अध्यक्ष शिवराज सुवेदिले सबैको साथ सहयोग सहकार्यको आवश्यक रहेको बताउदै संस्थाले कृषि क्षेत्रमा लगानि लगाउदै आएको हुदा कृषकको मनोभावना साथ दुग्धडेरी सन्चानमा ल्याएको बताउनु भयो । साथै यहाँको स्थानिय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर