Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराज वडा नं ४ मा निशुल्क आखाँ शिविर

मोफसल खबर
माघ २३
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ४ को आयोजना तथा छन्द कालेबाबु नारायणी आखाँ अस्पताल बहादुरगंजको प्राविधीक सहयोगमा निशुल्क आखाँ शिविर संचालन भएको छ ।
वडाका प्रत्येक टोलहरुमा पुगी आखाँ जाच गर्ने काम भइरहेको वडा अध्यक्ष सफिक अहमद खा ले बनाउनु भयो । आखाँका रोगीहरुको निशुल्क जाँच संगै मोतिया विन्दुका रोगीहरुको अप्रेशन अस्पतालको तर्फ निशुल्क गरिने अध्यक्ष खा ले बताउनु भयो ।
मोतिया विन्दुको अपरेशन गर्ने विरामीहरुको रगत जाँच र औषधी लागि लाग्ने रकम वडाले प्रदान गर्ने वडा अध्यक्ष खा ले जानकारी दिनु भयो । वडाका आखा सम्बन्धि विरामीहरुलाई आफ्नो टोलमा आउने आखाँ जाच शिविरमा सहभागि भई आखाँ चेकजाँच तथा परामर्श लिन समेत उहाँ अनुरोध गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma