Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

युवा नेता मल्लद्धारा विद्यालय भवनको उद्घाटन ।।

कपिलवस्तुको शिवराज नगरपालिका ३ मदवामा  २ कोठे भवन  उद्घाटन गरिएको छ । मदवामा रहेको आधारभुत विद्यालयमा निर्माण भएको भवनको आईतबार बसन्त पन्चमीको अवसरमा उद्घाटन गरिएको हो ।

शिवराज नगरपालिकाको सहयोगमा निर्माण गरिएको भवन को नेपाली कागे्रसका युवा नेता तथा विद्यालय व्यावस्थापन समितीका अध्यक्ष शंकर मल्लले एक कार्यक्रमका विच रिवन काटेर उद्घाटन गरेको विद्यालयका प्र.अ सिता पुनले जानकारी दिनुभयो ।

विद्यालयमा पठनपनठनका लागी छात्रबासको अभाव रहेका वेला नगरपालिको सहयोगमा सो भवन निमार्ण गरिएको अध्यक्ष मल्लले बताउनु भयो । नयां भवन उद्घाटन संगै पठनपाठनमा सहज हुने उहाले बताउनु भयो । मल्लले विद्यालयको स्थापना देखी देखी नै विद्यालयमा महत्वपुर्ण योगदान पुराउदै आउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma