Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कांग्रेसले टुंग्यायो कार्यसम्पादन समिति बैठकका एजेण्डा

काठमाडौँ– नेपाली कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डालाई अन्तिम रुप दिएको छ ।

बुधबार बालुवाटारमा सभापति शेरबहादुर देउवासँग छलफल गर्दै पार्टी पदाधिकारीले कार्यसम्पादन समितिको बैठकका एजेण्डालाई अन्तिम रुप दिएको हो ।

बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दैछ । म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे बैठकले आवश्यक निर्णय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत्तले जानकारी दिए ।

त्यस्तै स्थानीय तहको निर्वाचन र बाँकी रहेका जिल्लाको अधिवेशनका बारेमा सभापतिसँग छलफल भएको र बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकले आवश्यक निर्णय लिने उनले बताए ।

स्थानीय तहको निर्वाचन आउन तीन महिना बाँकी रहेको अवस्थामा पार्टीलाई मजबुद बनाउन आवश्यक रणनीति तय गर्ने बैठकले निर्णय गरेको उनले बताए ।

कांग्रेसमा १३ वटा भ्रातृ तथा १८ वटा शुभेच्छुक संस्था छन् । तर, समयमा अधिवेशन नगरेका कारण तीमध्ये अधिकांश संस्था निष्क्रिय बनेका छन् । त्यस्तै विभिन्न कारणले कांग्रेसको १६ जिल्लामा अधिवेशन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma