Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

आजको मौसम सामान्यतया सफा : भोलि र पर्सि हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डाै – तराईसहित केही पहाडी जिल्लामा अहिले हुस्सु लागेको छ । तर हुस्सु हटेर दिउँसाे घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरले आज पनि मौसम सामान्यतया सफा नै हुने बताउनुभयो ।

पहाडी क्षेत्रका एक/दुई ठाउँको मौसम आंशिक बद्ली भए पनि सामान्यतया मौसम सफा नै रहने उहाँले बताउनुभयो । तर, भोलि र पर्सि भने पश्चिमी वायुको प्रभावका कारण पहाडी र हिमाली जिल्लाका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना छ ।

विशेषगरी उच्च पहाडी र हिमाली जिल्लामा वर्षा र हिमपातको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma