Home जिल्ला समाचार कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा मंगलबार बजार बन्द गर्ने निर्णय यथावत
जिल्ला समाचार

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा मंगलबार बजार बन्द गर्ने निर्णय यथावत

कपिलवस्तु – कपिलवस्तु उद्योग बाणिज्य संघले मंगलबार बजार बन्द गर्ने निर्णय यथावत रहेको जनाएको छ । बजार बन्द गर्ने बारका बारेमा बजारमा केही अनावश्यक होहल्ला चलेको भन्दै संघले मंगलबार बजार बन्द गर्ने निर्णय यथावत रहेको जनाएको हो । संघका केही पदाधिकारी, सदस्य तथा व्यवसायीले शनिबार बजार बन्द गर्ने भनि बजारमा हल्ला फैलाएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभयो ।

यसरी अनावश्यक होहल्ला फैलाउनेमाथि कारबाही प्रक्रिया बढाउने अध्यक्ष घिमिरेले चेतावनी समेत दिनुभएको छ । संघका अध्यक्ष घिमिरेले विभिन्न किसिमका होहल्लाका पछाडि नलागी मंगलबार नै बजार बन्द गर्न आग्रह समेत गर्नुभएको छ । समितिमा मंगलबार बाहेक अन्य कुनै बारमा बजार बन्द गर्न माग आएपछि अहिले बजारमा बजार बन्द गर्ने बारको विषय चर्चामा छाएको छ ।

विभिन्न क्षेत्रगत उपसमितिसंग थप छलफल गरि आवश्यक निर्णय गरिने संघका वरिष्ठ उपाध्यक्ष छविरेस्मी मगरले बताउनु भयो । उहाँले व्यवसायीको हकहितको पक्षमा संघ सदैव रहेको र आगामी दिनमा पनि सबैको मागलाई समेट्ने प्रतिवद्धता जनाउनु भयो ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर