Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नेकपा एसका ६ जना नेता पार्टीबाट निष्काशन

कपिलवस्तु – नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको छैठौ सचिवालय बैठकले ६ जना नेतालाई साधारण सदस्य नरहने गरि निष्काशन गरेको छ । पार्टी कार्यालय तौलिहवामा विहीबार बसेको बैठकले निवर्तमान सचिव सवेन्द्रदेव खनालसहित जिल्ला सदस्यहरु अजय पाण्डे, विनोद भट्टराई, सन्तोष पाण्डे र भीमप्रसाद भट्टराई सहितका नेतालाई साधारण सदस्य नरहने गरि निष्काशन गरेको नेकपा (एस) कपिलवस्तुको प्रचार विभागले जनाएको छ ।

उनीहरु हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका थिए ।यस्तै विहीबारको सचिवालय बैठकले दुई जना नेतालाई जिल्ला कमिटीमा मनोनित गरेको छ । पुराना बामपन्थी नेता डिल्लीराज अर्याल र युवा नेता कमल बेल्वासेलाई जिल्ला कमिटीमा मनोनित गरिएको हो ।

यस्तै जिल्ला कमिटी सदस्य जगतमान केसी र निशा सिग्देललाई जिल्लाको सचिवालयमा मनोनित गरिएको छ ।दुई जना सचिवालय मनोनित गरेसंगै नेकपा ९एकीकृत समाजवादी० को सचिवालय सदस्यको संख्या १५ सदस्यिय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma