Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

स्वर्गिय सापकोटाको स्मृतिमा एमालेद्वारा शोक सभा

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५मा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ
। नेपाल कम्युनिष्ट पार्टी एमाले शिवराज नगरपालिका–५ वडा कमिटीको आयोजनामा बुधार विहान पार्टीका संगठित सदस्य शिवराज नगरपालिका वडा न ५ बालापुर मोड निवासी स्वर्गिय विष्णु सापकोटाको ७ औं दिनको पुण्य तिथिको दिन पार्टीको तर्फबाट शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

३६ वर्षको बर्षको उमेरमा भएको असामयिक निधनमा पार्टीको तर्फबाट शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो । शोक सभामा मौनधारण तथा स्व। सापकोटाको फोटोमा माल्यार्पण समेत गरिएको थियो ।

शोक सभालाई सम्बोधन गर्दै नेकपा एमाले पुर्व लुम्विनी प्रदेश सदस्य एवम् शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले स्वर्गीय रेग्मीको निधनले पार्टीलाई ठुलो चोट पुगेको बताउनु भयो । साथै शोक सभामा दिवंगत सापकोटा प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै घर परिवार प्रति गहिरो समवेदना प्रकट गर्नुभएको थियो ।

७ औं दिनको पुण्यतिथिको अबसरमा नेकपा एमाले शिवराज वडा न ५ वडा कमिटीको आयोजनामा भएको श्रद्धानजली सभामा लुम्बिनी प्रदेश सभा सदस्य एवम नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी उप सचिव अर्जुन कुमार के सी , जिल्ला कमिटी सदस्य बाबुराम सापकोटा, शिवकुमारी थारु ,दोण प्रसाद अधिकारी ,ओम प्रकाश भण्डारी, नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल , उपाध्यक्ष महादेव पोख्रेल लगायतले स्व। सापकोटाको फोटोमा माल्यार्पण गर्नु भएको थियो ।

एमाले शिवराजका नेताहरुको सहभागिता रहेको शोक सभा एमाले शिवराज वडा न ५ वडा कमिटीका उपाध्यक्ष प्रेम सुनारको अध्यक्षतामा सम्पन्न शोक सभाको संचालन नेकपा एमाले शिवराज नगरकमिटी सचिव शरद अधिकारीले गर्नु भएको थियो ।-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma