Home जिल्ला समाचार, समाचार ज्योति लाईफद्धारा जिवन विमा सम्बन्धि प्रशिक्षण
जिल्ला समाचारसमाचार

ज्योति लाईफद्धारा जिवन विमा सम्बन्धि प्रशिक्षण

कपिलवस्तु – ज्योति लाइफ इन्स्योरेन्स प्रा लि चन्द्रौटाद्धारा युवा युवतिहरुलाई जिवन बिमा सम्बन्धि एक दिवसिय प्रशिक्षण मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

ज्योति लाइफ इन्सोरेन्स चन्द्रौटा शाखाद्धारा आयोजित प्रशिक्षणमा जिवन विमाका फाईदा, ज्योति लाइफ इन्सोरेन्सले दिने सेवा सुविधाका बारेमा ज्योति लाईफका क्षेत्रिय प्रबन्धक चरण तिमिलसिनाले प्रशिक्षण दिनुभएको थियो ।

शिवराज नगरपालिकाका विभिन्न टोल समुदायका ६० बढि युवा युवतिलाई जिवन विमा, यसको प्रक्रिया र अभिकर्ताका बारेमा प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणबाट प्रभावित भएको बताउदै नेपाल प्रत्रकार महासंघ कपिलवस्तु जिल्ला उपाध्यक्ष स्वता गिरीले ज्योति लाईफको सेवा सुविधाहरु मन परेको ले ज्योति लाईफ मै विमा र अभिकर्ता बन्ने बताउनुभएको छ । ज्योति लाईफका नयाँ अभिकर्ताहरुलाई आजबाट तिनदिन सम्म थप तालिम प्रदान गरीने पनि बताईएको छ ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर