Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

डिभाइडर व्यवस्थापन गर्न ध्यानाकर्षण 

कपिलवस्तु –

कपिलवस्तुको शिवराज ५ चन्द्रौटा बजारमा राखिएको डिभाइडलाई व्यवस्थापन गर्न युवाहरूले माग गरेका छन् । बजार क्षेत्रमा दैनिक रूपमा दुर्घटना निम्त्याएको भन्दै व्यवस्थापनको लागि सडक डिभिजन तथा शिवराज नगरपालिकालाई ध्यानाकर्षण पत्र समेत बुझाइएको छ । बजारमा सवारीको चाप बढिरहेको बेला अव्यवस्थित रूपमा डिभाइडलाई हुदा दुर्घटना बढेको युवा नेता सरोज पौडेलले बताउनुभयो । नगरपालिका र डिभिजनले गम्भीर रूपमा लिएर सडकमा रहेको डिभाइडरलाई व्यवस्थित गर्न जरुरी रहेको पौडेलको भनाई छ । 
गए राती स्थानीय युवा दुर्घटनामा परेपछि आक्रोशित युवाहरूले सडकमा राखिएको डिभाइडर ढलाएर विरोध जनाएका थिए । पुनः शुक्रवार ढलेका डिभाइडरलाई उठाइएको  छ । स्थानीय युवा नेता सरोज पौडेल , गणेश जि सी र कमल गिरिले नगर प्रमुख नेत्रराज अधिकारीलाई भेटी ध्यानाकर्षण गराएका हुन । सडक डिभिजनले व्यवस्थापन प्रति खासै चासो नराखेको र आफूले पटक पट्क जानकारी गराएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो ।सडक सफाइ र डिभाइडर लगायतका विषयमा पुन डिभिजनलाई आग्रह गर्ने अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma