Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

हात्तीपाईले रोग निवारण सम्बन्धि गाउँपालिका स्तरीय अभिमुखिकरण

कपिलवस्तु – विजयनगरमा हात्तीपाईले रोग निवारण सम्बन्धि गाउँपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजनामा सभाहल खडैचामा संचालित अभिमुखिकरण कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय भेक्टर कन्ट्रोल निरीक्षक उदय नारायण चौरासियाले गर्नुभएको थियोे । कार्यक्रममा रोगको अवस्था , लक्षण, औषधी खाने तरिका, बच्ने उपाय बारे जानकारी गराइएको स्वास्थ्य शाखाले जनाएको छ ।

पालिकाको प्रत्येक टोलमा पुगि फागुन २८ गते देखि औषधी खुवाउने कार्यक्रम सुरु गर्ने शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ । अभिमुखिकरण कार्यक्रमको स्वागत मन्तव्य सिअहेब अधिकृत इन्द्र प्रसाद भण्डारीले गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma