Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजमा माओवादी केन्द्रको वैठक सम्पन्न

नेकपा माओवादी केन्द्र शिवराज नगरसमितिको विस्तारीत वैठक शुक्रवार बसेको । वैठकले विभिन्न निर्णय गरेको नगर अध्यक्ष दिनेश पुनले बताउनुभयो । वैठकले रिक्त रहेको नगर उपाध्यक्षमा सरला बुढाथोकिलाई चयन गरेको छ । वैठकले १९ सदस्य नगर सचिवालय गठन,१६ वटा जनवर्गिय संगठन निर्माणको जिम्मा प्रदान गरेको नगर अध्यक्ष पुनले बताउनुभयो । पार्टीलाई मजवुत बनाउन जनवर्गिय संगठनलाई सक्रिय परिचालन गरि आगामी निर्वाचन लक्षित कृयाकलापमा होमिने उहाँले बताउनुभयो । वैठकमा नगर कोषाध्यक्ष यमलाल भुसालले केन्द्रिय परिपत्र वाचन गरेर सुनाउनुभएको थियो । वैठकमा नगर सदस्य वडा समितिका अध्यक्षहरुको सहभागिता रहेको सचिव भरत पोख्रेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma