Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेपाल निजामती कर्मचारी संगठन शिवराजको अध्यक्षमा सापकोटा

कपिलवस्तु -नेपाल निजामती कर्मचारी संगठन शिवराजको अध्यक्षमा बाबुराम सापकोटा सर्वसम्मत चयन भएका छन् ।नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल निजामती कर्मचारी संगठनको सिद्धार्थ लुम्बिीनि ग्रिन रिसोर्टमा सम्पन्न भएको प्रथम नगर अधिवेशनबाट सापकोछाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा शान्तिमायाँ अधिकारी , सचिवमा दिनेश चौधरी ,सहसचिवमा शृष्टि गहतराज , र कोषाध्यक्षमा अमृता के सि रहेका छन् ।यस्तै समितिको सदस्यहरुमा प्रशुराम जयसवाल ,रेखा खनाल ,बसन्त पन्थी ,थानेश्वर अर्याल, अनिता पोख्रेल शर्मा , र शन्तोष बुढाथोकि रहेका छन् ।

अध्यक्ष भएसंगै सापकोटाले स्थनीय तहमा समायोजन भएका सम्पुर्ण निजामती कर्मचारीहरुको मनोवल नखस्किने गरि ऐन आउनुपर्ने माग गर्दै
सम्पुर्ण निजामती कर्मचारीहरुको प्रशासनिक संघियता सफल पार्न आफ्नो अहम भूमिका रहने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma