Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नेकपा एसद्धारा नेत्तृत्व विकाश तथा माक्र्सवादि कक्षा

कपिलवस्तु – नेकपा एकीकृत समाजबादीको भातृ संगठन अनेरास्ववियू र युवा संघ नेपाल कपिलवस्तुको आयोजनामा २ दिने नेत्तृत्व विकाश तथा माक्र्सवादि कक्षा आजबाट सुरु भएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूका जिल्ला उपाध्यक्ष सम्झना चौधरीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा नेकपा एकीकृत समाजबादीको केन्द्रिय सदस्य तथा कपिलवस्तु जिल्ला सह इन्चार्ज मिना परीयारको प्रमुख आतिथ्यता, केन्द्रिय निर्वाचन आयोग सदस्य अब्दुल अहमत रौफ, नेकपा एस जिल्ला अध्यक्ष लंक बहादुर हमाल, जिल्ला सचिव ओम प्र कुर्मि, उप सचिव कमल भट््टराई, सचिबालय सदस्य छविलाला शर्मा लगायतको आतिथ्यता रहेको कार्यक्रमको सन्चालन युवा सघंका जिल्ला सचिब राजु आर्चायले गर्नुभएको थियो ।

आजबाट सुरु भएको तालिम भोलिसम्म चल्ने नेकपा एस सचिबालय सदस्य तथा शिवराज नगर अध्यक्ष सरोज पौडेलले जानकारी दिनुभयो । नेत्तृत्व विकाश कक्षामा अनेरास्ववियू र युवा सघंका गरी १ सय भन्दा बढि युवा युवति तथा विद्यार्थिहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma