कपिलवस्तु – नेपाली कांग्रेस कपिलवस्तु जिल्ला प्रवक्ताको जिम्मा इश्वरी पाण्डेले पाउनु भएको छ ।आज बसेको जिल्ला कार्यसमितिको बैठकले पाण्डेलाई प्रवक्तामा चयन गरेको हो । शिवराज ५ चन्द्रौटा निवासी पाण्डे नेपाली कांग्रेशको निर्वाचित जिल्ला सदस्य हुन । नेपाली कांग्रेश कपिलवस्तु जिल्ला प्रवक्तामा कांग्रेसका धेरै नेताहरुले आकांक्षा राखेका थिए ।


प्रतिक्रिया