कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकामा पनि हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान आजबाट सुरु भएको छ । आज शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले औषधि खाएर अभियानको सुरु गरीएको हो ।
कपिलवस्तु लगाएत १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार आजदेखि कपिलवस्तु, झापा, बारा, लमजुङ, पर्वत, बाग्लुङ, मोरङ, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदैछ ।
यी मध्ये झापा, बारा, लमजुङ, पर्वत र बाग्लुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाइने छ । १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार जनालाई औषधि खुवाइने छ ।
यसै बिच कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले आम औषधी सेवन अभियानमा सबै नागरिकलाई अनुरोध गर्नु भएको छ । उहाँले औषधी सेवन अभियानको उद्घाटन गर्दौ यस्तो बताउनु भएको हो ।त्यस्तै जिल्लका अन्य पालिकामा पनि औषधि खुवाउन थालिएको छ ।


प्रतिक्रिया