Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।

केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो।

स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी एमालेको रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma