Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

आजको मौसम : देशको पहाडी भू–भागमा आंशिक बदली

काठमाडौँ – हाल देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अपराह्नतिर देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावनासमेत छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति पनि मौसम सफा रहने महाशाखाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma