Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टमा होली विशेष वाटर डान्स लाइभ डिजे


कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ मा रहेको सिद्धार्थ लुम्बिनी ग्रिन रिसोटले आज होली विशेष कार्यक्रम आयोजना गरेको छ । रंगहरुको पर्व होलीलाई विशेष तबर बाट मनाउन रिसोर्टमा वाटर डान्स डिजे लाइभ संचालन गर्ने रिर्सोटले जनाएको छ ।
होली पर्वलाई विषेश र मनोरन्जनात्मक बनाउन लागी डिजे लगाइएको रिसोर्टले जनाएको छ । वाटरपार्कमा नै होली खेल्ने र डिजेमा रमाउदै होली मनाउने व्यवस्था मिलाएको रिसोर्टले जनाएका छ । रिसोर्टमा होली खेल्न आउने ग्राहकहरुका लागी विशेष अफर समेत रहेको छ । होली विशेष कार्यक्रम दिउँसो १२ बजेबाट सुरु हुनेछ ।
आत्मियता, प्रेम, आपसी सद्भाव र भाइचाराको रंगिन पर्वलाई हर्षोउल्लासका वाटर डान्स डिजे राखिएको हो । होली विषेश कार्यक्रममा सिद्धार्थ ग्रिन रिसोर्टमा मनाउनका लागी रिसोर्टले अनुरोध समेत गरेको छ । संचलानमा आएको छोटो समयमा नै स्वदेशी तथा विदेशी पर्यटक र ग्राहक रोजाइ पर्न सफल भएको रिसोर्ट विभिन्न अवसरमा विशेष कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma