Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

किसानलाई उत्पादनमुखि बनाउने उदेश्यले पशुपालन तथा व्यवस्थापन तालिम सन्चालन

कपिलबस्तु – कपिलबस्तुको शिवराज नगरपालिकामा रहेको हिमपात साना किसान कृषि सहकारी संस्थाले किसानलाई उत्पादनमुखि बनाउने उदेश्यले किसानको लागि पशुपालन तथा व्यवस्थापन तालिम सन्चालन गरेको छ ।सहकारीले अन्य कुरामा लगानी लगाउनु भन्दा कृषि क्षेत्रमा लगानि लगाइ हजारौ किसानलाई आत्म निर्भर हुने कुरामा जोड दिनु पर्न सानाकिसान कृषि सहकारी संस्थाका सल्हाकार सयोजक बिष्नु प्रसाद खतिवडा बताउनु भयो । नगरपालिकामा आउने बिभिन्न बजेट कृषक र पशुपालनमा आउने अनुदान खासै किसानले लाभ लिन नसकेको बताउनु भयो ।

हिमपात सानाकिसान कृषि सहकारी संस्थाका सल्हाकार सदस्य मधु सुदन पोख्ररेल,किसान लाई आत्म निर्भर बनाउन कसरी सकिन्छ भन्ने कुराको जोड दिदै सबै सगं सहकार्य गदै किसानलाई लाभान्वित बनाउनु पर्न जोड दिनु भयो ।

यस्तै शिवराज पशुशाखा प्रमुख धनेस्वर खनालले पशुपानल सम्बन्धि हुने बिभिन्न समस्या र समाधानका उपाए का् बारेका छलफल गर्न बताउनु भयो ।
संस्थाका अध्यक्ष शिवराज सुवेदिले सबैको साथ सहयोग सहकार्यको आवश्यक रहेको बताउदै संस्थाले कृषि क्षेत्रमा लगानि लगाउदै आएको हुदा कृषकको मनोभावना साथ बिभिन्न तालिम सन्चानमा ल्याएको बताउनु भयो । साथै यहाँको स्थानिय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको बताउनु भयो । आज र भोलि सम्म चल्ने तालिममा ३० जना पशु पालन कृर्षक सहभागिता भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma