Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

वर्ल्ड ह्याप्पिनेस रिपोर्ट : दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल

काठमाडौ – वर्ल्ड ह्याप्पिनेसमा फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी देश भएको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषणा गरेको हो। वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बनेको हो ।

ह्याप्पिनेस रिपोर्टमा डेनमार्क दोस्रो र आइसल्यान्ड तेस्रो स्थानमा छन्। त्यस्तै स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन्। स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा छ।

नेपाल दक्षिण एसियामा पहिलो

नेपाल सूचीको ८४ औँ स्थानमा छ। नेपाल दक्षिण एसियामा भने पहिलो स्थानमा छ। भूटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन।

नेपालपछि बुल्गेरिया र माल्दिभ्स छन्। सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन्। श्रीलंका १२६औँ स्थानमा छ भने भारत १३६औँ स्थानमा छ।

सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ। अफगानिस्तानपछि सूचीमा लेबनान र जिम्बाबे छन्। सूचीमा चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात ८२ औँ नम्बरमा छ।

प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औसत आयु, जीवन छनोट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई सहभागिता गराउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma