Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

चन्द्रौटा खानेपानी सस्थानको निर्वाचन स्थगित

दिपक के.सि, कपिलवस्तु –

कोभिड संक्रमणका कारणले थलिएको अर्थतन्त्र , होलि लगायतका पर्व र लगातारको बिदाका कारण चन्द्रौटा खानेपानी सस्थानका उपभोक्ताले बुझाउनु पर्ने महसुस समयमै बुझाउन नसकेकाले अर्को निर्णय नहुदा सम्मका लागि स्थगित गरिएको छ । आज अध्यक्ष मन्डलका जेष्ठ सदस्य मधु पोख्रेलको अध्यक्षतामा बहुमत सदस्यको बैठक बसि अर्को निर्णय नहुदा सम्मका लागि निर्वाचन सम्बन्धि सबै गतिविधि र प्रकृया रोक्ने निर्णय गरेको छ ।

बैठकले खानेपानी मानव जिवनका लागी अपरिहार्य रहेको र त्यो भन्दा महत्त्वपूर्ण सस्थालाइ गतिशीलता दिन निर्वाचनमा उपभोक्ताको सहभागिता र मतदानको अधिकार रहेकोले अबिलम्ब महसुल बुझाइ मतदानमा भाग लिन आग्रह गरेको छ । निर्वाचन प्रकृया रोकि महसुल बुझाउने समय थप गर्ने छलफल प्रभावित पारी अन्तिम नामावली टास गर्ने निर्वाचन मण्डलका संयोजकको हर्कत लाई निर्वाचन गर्न बनेको अध्यक्ष मण्डलका बहुमत सदस्यले खेद प्रकट गर्दै आपत्ति जनाएका छन । यता यो निर्णय भए सङै अधिकाम्स राजनीतिक दलले निर्णयको स्वागत गरेका छ्न । समय थप्नु र महसुस बुझाउन उपभोक्तालाई समय दिइ निर्वाचनमा मताधिकारको वातावरण निर्माण गर्नु सहि कदम भएको दलहरुले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma