Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

जातीय विभेद अन्त्य गर्न सबै लाग्नुपर्नेमा प्रदेश सभा सदस्य केसिको जोड


कपिलवस्तु – कपिलवस्तुको चन्द्रौटामा स्थानीय तहमा दलित जनप्रतिनिधिहरुको सवाल विषयक अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले जातीय विभेद अन्त्य गर्न सबै लाग्नुपर्ने बताउनुभयो । वर्तमान समयमा जातीय विभेद गर्नु निन्दनीय रहेको बताउँदै विभेद जरैदेखि निर्मुल पार्न आवश्यक रहेको उहाँले बताउनुभयो । समाजमा यस्ता कार्यले आउने सन्ततिलाई गल्त मार्गदर्शन गरिरहेको सदस्य केसीले दावी गर्नुभयो । जातीय विभेदले विकासमा बाधक बनेको जनाउँदै शिक्षाले मात्रै समाजमा जरा गाडेका विकृति विसंगतिलाई हटाउन सक्ने समेत उहाँले बताउनुभयो ।

यसैबीच सहज नेपालका पुर्व अध्यक्ष सिबी गहतराजले सामाजिक विकृतिसँगै जातीय विभेद न्यूनीकरण गर्न नेतृत्व तहबाट पहल हुनुपर्ने बताउनुभयो । उहाँले सम्बन्धित निकाय तथा सामाजिक अभियान्ताले ठोस कदम चलाउनु पर्ने बताउँदै विभेद विरुद्ध सशक्तीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने जानकारी गराउनुभयो । सामान्य व्यक्तिले जातीय भेदभाव परिवर्तन नहुने जनाउँदै अन्तर्राष्ट्रिय मुलुकमा भएको विभेदको उदाहरण दिँदै नेपालका समसमायीक बिषयमा समेत पुर्व अध्यक्ष गहतराजले प्रष्ट पार्नुभयो ।

त्यसैगरी शिवराज नगरपालिका वडा नम्बर १० कि वडा अध्यक्ष मञ्जु मिश्रले सबै वडाको प्रतिनिधित्व गर्दै मानिस जन्मिदाँ जस्तो संस्कार पाए उस्तै हुने बताउनु भएको छ । तल्लो जात माथिल्लो जात यो धर्म त्यो धर्म भन्ने मानवद्वारा निर्मित भएकोले विभेद हटाउन जरुरी रहेको जिकिर गर्नुभयो ।

सहज नेपालको आयोजना तथा शिवराज नगरपालिकाको सहयोगमा भएको ५७औं अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद विरुद्धको दिवसको सन्दर्भमा दलित समुदायका संबैधानिक अधिकारको कार्यान्वयन र स्थानीय तहमा दलित जनप्रतिनिधिहरुको सवाल विषयक अन्तर संवाद कार्यक्रममा अधिवक्ता इमान सुनारले दलितसँग सम्बन्धित कानुनी प्रबधानबारे जानकारी दिनुभयो । सरकारी पक्षबाट २०७२ को संविधानले सबै जातजाति तथा सुमदायको लागि समानुपातिक व्यवस्था गरेको समेत उहाँले बताउनुभयो ।

जनप्रतिनिधिहरुको सवाल विषयक अन्तर संवाद कार्यक्रममा सहज नेपालका अध्यक्ष संजिव गहराजले जनचेतनामूलक कार्यक्रमसँगै शैक्षिक स्तर माथि नउठे सम्म समाजमा समावेशी गराउन जटिलता हुने बताउनुभयो । यस्तै कार्यक्रममा शिवराज नगर प्रमुख नेत्रराज अधिकारी, उपप्रमुख प्रमुख शिवकुमारी थारु, प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीय विभिन्न राजनैतिक दलका जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma