Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

सहकारीलाई कोपोमिस प्रयोग गर्न सिकाउँदै बुद्धभूमि नगरपालिका

कपिलवस्तु – कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सहकारी संस्थालाई प्रविधि मैत्री बनाउने भएको छ । नगरपालिकाले सहकारीलाई अनलाइन मार्फत बनाउन कोपिमिस सफ्टवेयर तालिम प्रदान गरेको छ । २०७५ साल बाट सहकारी विभागले सबै सहकारीलाई कोपोमिस अनिवार्य रुपमा प्रयोग गर्ने निर्देशन दिए पनि तालिम नहुँदा सहकारीहरु कागजी प्रणाली प्रयोग गर्न बाध्य रहेका थिए ।


सहकारीको सूचना, तथ्यांक, प्रतिवेदनलाई नियमित, विश्वसनीय र वास्तविक तरिकाले राखी सफ्टवेयर मार्फत सूचना राख्नका लागि तालिम प्रदान गरिएको नगरपालिका उद्योग, वाणिज्य तथा सहकारी फाँटका प्रमुख विजय भुसालले बताउनु भयो । यस वर्ष पहिलो चरणमा १५ सहकारी संस्थाका २५ जना सहभागीलाई तालिम दिएको छ । बाँकी रहेका सहकारीलाई समेत तालिम दिएर सबै सहकारीलाई कोपोमिस अनिवार्य गराउने भुसालले बताउनु भयो ।


दुई सम्म चल्ने तालिममा निवेदन दाखिला, मासिक तथा वार्षिक प्रतिवेदन, आन्तरिक कार्य, आर्थिक प्रतिवेदन, सदस्यता तथा सञ्चालक विवरण लगायतका सुचना अद्यावधिक गर्न सिप प्रदान गर्ने सहजकर्ता तथा नगरपालिका सुचना तथा प्रविधि अधिकृत विमर्ष खनालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma